देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चार डिआइजीलाई एआइजीमा बढुवा गर्नैपर्ने बाध्यता

देशान्तर

काठमाडौं । सरकारले मागबमोजिम सर्वोच्च अदालतले सुनुवाइ गर्न अस्विकार गरेपछि मन्त्रिपरिषदले डिआइजीबाट अवकाश प्राप्त गरिसकेका ४ जनालाई एआइजी बनाउनुपर्ने बाध्यता भएको छ ।

प्रधानन्याधीश कल्याण श्रेष्ठ तथा न्यायाधीश सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठको पूर्ण इजलासले सरकारको माग बमोजिम सुनुवाइ गर्न अस्वीकार गरेपछि चारजनालाई अब एआइजी बनाउनुपर्ने बाध्यता भएको हो।

सरकारले २०७१ सालको साउनमा ९ जना डिआइजीलाई एआइजीमा बढुवा गरेपछि बढुवामा नपर्ने चार डिआइजीहरु सरकारको निर्णयविरुद्ध अदालत गएका थिए । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

]]>