देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्प प्रभावित गाविसमा सचिव पठाउन निर्देशन

देशान्तर

काठमाडौं । संसदको विकास समितिले भूकम्प प्रभावित जिल्लाका गाविसहरूमा एक महिनाभित्र आवश्यक कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

सिंहदरबारमा शनिबार बसेको समितिको बैठकले गाविसहरूमा सचिवको न्यून संख्या तथा कमजोर उपस्थितिले गर्दा आमनागरिकले सेवा सुविधा सहज रूपमा प्राप्त गर्न समस्या भइरहेको उल्लेख गर्दै सरकार, सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास मन्त्रालयलाई कर्मचारी व्यवस्थापनका लागि निर्देशन दिएको हो ।

भूकम्प प्रभावित जिल्लाबाहेकका अन्य गाविसमा भने २ महिनाभित्र आवश्यक कर्मचारीहरू व्यवस्थापन गर्न समितिले निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारीले भूकम्प प्रभावित जिल्ला रसुवाका १८ गाविसमध्ये ५ र सिन्धुपाल्चोकमा ७९ गाविसमध्ये २५ मा सचिव खाली रहेको उल्लेख गर्दै सरकारले छिटोभन्दा छिटो पदपूर्ति गर्नुपर्ने बताए ।

मुलुकका ३ हजार १ सय ५७ गाविसमध्ये ४ सय १९ वटामा सचिव पद रिक्त छन्  । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>