देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान कार्यान्वयन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

देशान्तर

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

संविधान दिवसको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयनसँगै देशको समुन्नतिलाई सुनिश्चित गर्नु आवश्यक देखिएको बताए ।

सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको उल्लेख गर्दै उहाँले संविधानको संरक्षण र गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकासको मार्गमा अग्रसर गराउनु आवश्यक भएको उल्लेख गरे ।

संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक–अधिकार सुनिश्चित गरेको दाबी पनि प्रधानमन्त्री देउवाले गरेका छन् ।