देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमसीसीविरुद्ध विप्लवको विरोध प्रदर्शन

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले संघीय राजधानी काठमाडौंमा एमसीसीविरुद्ध विरोध जनाएको छ ।

काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै जुलुस निस्किएको छ । जुलुशलाई विभिन्न नेताहरूले नेतृत्व गरेका छन् । प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए ।

सुन्धारा पुगेर जुलुस केन्द्रित भएको छ । मूल जुलुसको नेतृत्व गरेका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सभालाई सम्बोधन गर्ने योजना छ ।