May 17, 2021, Monday
२०७८ जेष्ठ ४

राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदानको समय तोकियो, निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि मतदानको समय बिहान ९: ०० बजेदेखि अपरान्ह ३: ०० बजेसम्म निर्धारण गरेको छ ।

आयोगले राष्ट्रिय सभामा रामबहादुर थापाको रिक्त स्थानमा बागमती प्रदेशको अन्य समूह तर्फबाट २०७८ साल जेठ ६ गते बिहीबारका दिन निर्वाचन हुने विहिबार मिति तोकेको थियो ।

Advertisement

साथै आयोगले बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा २ (दुई) जना (१ जना जगेडा समेत) जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउने समेत निर्णय गरेको छ ।


  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares