देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसद एमालेबाट निष्काशित

देशान्तर

काठमाडौँ – नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी केन्द्र नेतृत्वको सरकार बचाउने चार सांसदलाई निष्काशित गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले फ्लोर क्रस गर्ने चार सांसद प्रकाश ज्वाला, अमर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

पार्टीको साधारण सदस्य नरहेपछि अब उनीहरुको सांसद पद पनि जाने भएको छ । ज्वालासहित चार सांसदले सरकार बचाइदिएपछि उनीहरुलाई कर्णाली प्रदेशको मन्त्री बनाइएको छ । त्यस्तै बैठकले कर्णालीमा सरकारको पक्षमा मत दिएर सच्याएकी सांसद देवी ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।