देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको भड्काउ चिन्तनले पार्टी, मुलुक र लोकतन्त्र संकटमा : नेपाल

देशान्तर

जनकपुरधाम – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताएका छन् । आज (शुक्रबार) जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रधानमन्त्री ओलीको भड्काउ चिन्तनले कम्युनिष्ट आन्दोलन धरापमा परेको दावी गरे ।

पार्टी फुट्न नदिन पटक-पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन नसकेको बताउँदै नेता नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छैन । बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन । छलफल र भेटघाटमा ओली आफनो दम्भबाट पछाडि हट्न चाहेनन् ।’

अरुलाई सुन्न तयार नहुने ओलीमा ‘खाए खा नखाए घिच’ प्रवृत्ति रहेको उनले बताए । ‘ओलीको भड्काउ चिन्तले पार्टी, मुलुक, लोकतन्त्र संकटमा परेको छ । ओलीका कारण लोकतान्त्रिक आन्दोलन संकटमा परेको छ ।’

त्यस्तै पार्टीमा आफू अल्पमतमा परेपछि बाटोमा हिंड्नेलाई समातेर ओलीले केन्द्रीय सदस्य बनाएको नेपालले बताए । ‘अल्पमत परेपछि ओलीले बाटो हिंड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएका छन्,’ नेपालले भने, ‘बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटार नजिक भएर बटुवा बाटो हिँड्नै छोडे ।’