देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाग्मती प्रदेशसभा बैठक माओवादीद्धारा अवरुद्ध

देशान्तर

काठमाडौ – माओवादी केन्द्रले वाग्मती प्रदेशसभा बैठकमा अवरोध सिर्जना गरेको छ । सरकारले आफूहरुले सदनमा उठाएको प्रश्नको चित्तबुझ्दो जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल माओवादीले बुधबारको संसद् बैठक अवरुद्ध पारेको हो ।

माओवादीले प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न गर्दै विद्युतीय बस खरिद, बजेटको बाँडफाँड तथा नीति तथा कार्यक्रमको विषयमा प्रश्न उठाउँदै प्रदेशसभामा अवरोध गरेको थियो ।


बुधबारको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव, बजेटको वितरण र नीति तथा कार्यक्रमका विषयमा सदनमा उठाएको प्रश्नको जवाफ दिएका थिए प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।