देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीले भोलि आइतबार कोरोनाविरुद्धको खोप लगाउने

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।

प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देखि ६५ वर्षमाथिका मानिसलाई खोप दिएर दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ ।

प्रधानमन्त्री ओलीले भारतबाट ल्याइएको कोभ्याक्स नै लगाउने छन् ।