देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन् । गौतमलाई भेट्न ओली शुक्रबार साँझ उनको निवास भैंसेपाटी पुगेका हुन् ।

प्रधानमन्त्री ओली आफूनिकट नेताहरूलाई लिएर भैंसेपाटी पुगेको गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए । दुवै नेताबीच व्यक्तिगत र पारिवारिक कुराकानी भएको उनले बताए । केही दिनअघि घरभित्रै लडेर गौतमलाई सामान्य चोट लागेको थियो ।

त्यही कुरा सुनेर प्रधानमन्त्री आउनु भएको हो टमटाले बताए । उनका अनुसार उहाँहरुबीच कुनै पनि राजनीतिक कुराकानी भएन ।
टमताले त्यसो भने पनि प्रचण्ड-माधव पक्षले आजै नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगलाई लिखित पत्र लेख्नुका साथै दलको नेतासमेत प्रचण्डलाई बनाएपछि पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।