देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाहाल-नेपाल पक्षद्धारा शान्तिपूर्ण राजनीतिमा आउने विप्लवको कदमको स्वागत

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले शान्तिपूर्ण राजनीतिमा आउने विप्लव समूहको कमदलाई स्वागत गरेको छ । आज बसेको उक्त पक्षको संसदीय दलको बैठकले सरकार र विप्लव समूहबीचको वार्तालाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

उक्त पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट दिँदै विप्लवको शान्तिपूर्ण राजनीतिमा आउने कदमलाई सकारात्मक गरेको जानकारी दिए । उनले भने- ‘हाम्रो पार्टीको आज बसेको संसदीय दलको बैठकले विप्लव समुहको शान्तिपुर्ण बाटोमा आउने कदमलाई स्वागत गरेको छ ।