देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियासँगको दोस्रो टी–२० मा न्युजिल्याण्ड चार रनले विजयी

देशान्तर


काठमाण्डौ – अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेट न्युजिल्याण्डले चार रनले जितेको छ । न्युजिल्याण्डले दिएको दुई सय २० रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले आठ विकेट गुमाएर दुई सय १५ रन मात्रै बनाउन सक्यो

अस्ट्रेलियाका मार्कस स्टोनिसले ४७ बलमा ७८ र ड्यानियल साम्सले १४ बलमा ४१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । न्युजिल्याण्डका मिचेल स्यान्टनरले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १९ रन बनाएको थियो । उसका मार्टिन गुप्टिल ९७ रनमा आउट भए । त्यस्तै केन विलियमसनले ५३ र जेम्स नीशमले अविजित ४५ रन बनाए । अस्ट्रेलियाका केन रिचार्डसनले तीन विकेट लिए ।

यो जितसँगै पाँच खेलको शृङ्खलामा न्युजिल्याण्डले दुई–शून्यको अग्रता बनाएको छ ।