देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

देशान्तर

काठमाडौँ । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाई गरेको थियो ।

मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ ।