देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले ६७४३ वडामा एकै पटक विराेध प्रदर्शन गर्दै

देशान्तर

नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । गत पुस पाँच गतेकाे प्रधानमन्त्री केपी शर्मा ओलीको कदलमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिको पुस १९ गतेको बैठकको निर्णयअनुसार विहीबार वडा तहमा प्रदर्शन गर्न लागिएको छ । वडामा हुने सभालाई कांग्रेसका जिल्लास्तरीय नेताहरुले सम्बोधन गर्नेछन् । अधिकांश जिल्ला समितिहरुले आन्दोलन सफल बनाउन जिल्लाभित्रका वडाहरुमा प्रतिनिधि खटाएका छन् ।

कांग्रेसले यसअघि माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन र सभा गरेको थियो । त्यस्तै पुस २५ गते ३ सय ३० प्रदेशसभा क्षेत्र र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गरेको थियो ।

दोस्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रम अन्तर्गत आज वडाहरुमा प्रदर्शन हुन लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार साँझ विज्ञप्ति जारी गर्दै वडाकेन्द्रीत आन्दोलनमा सहभागि हुन आह्वान गरेका छन् । पार्टीको थप रणनीति तय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते बस्दैछ ।