देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली समूह नेकपाबाट उप्किएको ‘चोइटा’ हो : झलनाथ खनाल

देशान्तर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दहाल-नेपाल समूहका नेता झलनाथ खनालले ओली समूहलाई नेकपाबाट उप्किएको चोइटाको संज्ञा दिएका छन । आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले आफूहरु आधिकारिक नेकपा भएको दाबी गर्दै ओली समूहलाई नेकपाबाट उप्किएको चोइटाको संज्ञा दिएका हुन ।

‘नेपाल कम्युनिस्ट पार्टी हामी हौँ। ओली फुटेर गएको चोइटा हो। रुखबाट पनि केही चोइटा जान्छ,’ उनले भने । नेता खनालले नेकपाभित्र ओलीतन्त्र चल्न थालेपछि समस्या भएको आरोप लगाएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले नेपाल अस्थिरतातर्फ धकेलिएको आरोप लगाए । नेता खनालले ओली प्रतिक्रियावादीहरुको एजेन्ट, प्रतिक्रान्तिको नायक भएको समेत आरोप लगाए।