देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा बहस सुरु

देशान्तर

काठमाडौ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पुनः बहस सुरु भएको छ।

यसअघि सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमा गर्ने भन्ने विषयमै अल्झिरहेको विवाद शुक्रबार टुंगिएपछि आइतबारदेखि प्रतिनिधि सभा विघटनमा केन्द्रित रहेर बहस हुने भएको हो।

आइतबार सुरुमा रिट निवेदकहरुले बहस गर्नेछन्। रिट निवेदक सबैले बहस गर्न पाउनुपर्ने माग गरेपछि उनीहरुलाई बोल्न समय दिइएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबाराले समयको विचार गरेर बोल्न निवेदकहरुलाई आग्रह गरेका छन्।

सुरुमा निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले बहस गर्ने छन्। त्यसपछि सरकारी पक्षले निर्णयको प्रतिरक्षा गर्ने आनि फेरि रिट निवेदकका तर्फबाट फेरि जवाफ दिइनेछ।