देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद विघटनसम्बन्धि रिटका लागि एमिकस क्यूरीमा को को सिफारिस भए ?

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन सम्बन्धि रिटको संबैधानिक इजलासमा सुनुवाईको क्रममा माग गरेको एमिकस क्युरीका लागि नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसिएसनले नाम पठाएका छन् । एमिकस क्युरीका लागि नेपाल बार एसोशियसनले तीन जना र सर्वोच्च बारले दुई जनाको नाम पठाएको हो ।

सर्वोच्च बारेले एमिकस क्युरीका लागि वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको छ । शाक्य सर्वोच्च बारका नवनिर्वाचित अध्यक्षसमेत हुन् भने अधिकारी वर्तमान अध्यक्ष हुन् ।

यसअघि नेपाल बार एसोसियसनले पनि तीनजनाको नाम सिफारिस गरेको थियो । नेपाल बारले वरिष्ठ अधिवक्ताहरु विजयकान्त मैनाली, सतिशचन्द्र खरेल र बद्रीबहादुर कार्कीलाई एमिकस क्युरीमा पठाएको छ ।

यही पुस १० गते संसद् विघटनविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासले एमिकस क्युरी गठन गर्ने फैसला गरेको थियो । संसद् विघटनविरुद्धको रिटमा पुस २२ गते संबैधानिक इजलासमा पेसी तोकिएको छ ।

एमिकस क्युरी के हो ?
एमिकस क्युरी भनेको अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञहरुको टिम हो । इजलासले आफुसँग रहेको रिट गम्भीर प्रकृतिको भएमा विज्ञहरुको टिम गठन गरेर सल्लाह लिन एमिकस क्युरी गठन गरेर राय लिने प्रचलन रहेको छ ।