देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली र दाहालबीच ४ घण्टादेखि बालुवाटार छलफल जारी

देशान्तर

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच चार घण्टादेखि छलफल चलिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल चलिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । अध्यक्ष दाहाल ११ बजे बालुवाटार पुगेपछि दुई नेताबीच छलफल भइरहेको हो ।

दुई अध्यक्षको छलफल चलिरहँदा बालुवाटारमै नेकपाका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल र जनार्दन शर्माबीच पनि छलफल भइरहेको छ । उनिहरु कुनै बेला अध्यक्षसहितको बैठकमा पुगेर छलफल गरेको र कुनै बेला आफू–आफूमै छलफल गरिरहेको पनि सल्लाहकार बजगाईंले जानकारी दिए । दुई अध्यक्षबीच भइरहेका कुरालाई तीन नेताले सहमतिको मस्यौदाका रुपमा तयार गर्नेछन् ।

बुधबार प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तर्वार्तामा पाँच दिनभित्र नेकपाभित्रको विवाद समाधान हुने दाबी गरेको भोलिपल्ट नै छलफल हुनुलाई महत्त्वका साथ हेरिएको छ ।