देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बार्सिलाेना च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा

देशान्तर

बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएकाे अन्तिम १६ काे दोस्रो लेगमा नेपोलीलाई ३-१ ले हराउँदै समग्रमा ४-२ को जितका साथ बार्सिलाेनाले अन्तिम ८ मा स्थान बनायाे ।

बार्सिलोनाको मैदान क्याम्प नोउमा भएकाे खेलको दोस्रो मिनेटमा नै पाहुना टिम नेपोलीले राम्राे माैका पाएकाे थियाे । बार्सिलाेनाका डिफेन्डर जेरार्ड पिकेले बल क्लियर गर्ने प्रयासमा चुक्दा पाएको अवसरमा ड्रीज मर्टेन्सको प्रहार फ्रेममा रहन सकेन ।

तर दशौँ मिनेटमा बार्सिलोनाले खेलमा अग्रता बनायाे । उसका लागि कप्तान इभान राकिटिचकाे कर्नरमा  क्लेमेन्ट लेङलेटको हेडर गोल गरे ।

२२ औं मिनेटमा कप्तान मेस्सीले बार्सिलाेनाकाे अन्तर २-० मा पुर्याए । यसपटक उसका लागि मेस्सीले गाेल गरेका थिए । उनले नापाेलीका २ डिफेन्डरलाई छिचाेल्दै गाेल गरेका थिए ।

३० औं मिनेटमा फेरी मेस्सीले नै गाेल गरेपनि भिडियाे एसिस्टेन्ट रेफ्रिले मान्यता दिएन । उनले बल नियन्त्रण गर्दा हातले बल छाेएकाे रिप्लेमा देखिएकाे थियाे ।

खेलको ४१ औं मिनेटमा नेपोलीका कालिडु कौलिबालीले बल क्लियर गर्ने प्रयासमा मेस्सीलाई फल गरेपछि रेफ्रिले भिएआरकाे सहायतामा बार्सिलाेनालाई पेनाल्टी दिए । जसलाई लुइस स्वारेजले गाेल गर्न सफल भए । जसका कारण बार्सिलाेना तीन शुन्यले अगाडी रह्याे ।

खेलमा तीन गाेलले पछि परेकाे नापाेलीले इन्जुरी समयमा पेनाल्टी पायाे । जसलाई कप्तान इन्सिग्नेले गाेल गरेका थिए । जसका कारण अन्तर तीन एकमा पुगेकाे थियाे ।

पहिलाे हाफमा नै २ गाेलले अगाडी रहेकाे बार्सिलाेनाले दाेस्रा हाफमा पनि केहि उत्कृष्ट मुभ बनाएकाे थियाे । ६७ औं मिनेटमा बार्सिलोना बार्सिलाेनाका मेस्सीले प्रयास सफल भएन ।

खेलको ८५ औं मिनेटमा हर्भीङ लोजानोको हेडर पोस्टमा लाग्दै फर्कंदा नेपोली खेलमा फर्कने अवसरबाट बन्चित भयो ।

अब बार्सिलोनाले क्वाटरफाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले चेल्सीलाई समग्रमा ७-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।