देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोनाल्डोलाई पछि पार्दै ड्याबाला बने वर्षकै उत्कृष्ट खेलाडी

देशान्तर

युभेन्ट्सका फरवार्ड पाउलो ड्याबाला सिरी ए सिजनकाे यस वर्षकाे उत्कृष्ट खेलाडी घाेषित भएका छन् । 

क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ड्याबालाले यस सिजनको प्लेयर अफ द इयर अवार्ड हात पारेका हुन् ।

सिरी एले वार्षिक रुपमा प्रदान गरिने याे अवार्ड यस वर्ष ड्याबालालाई दिने निर्णय गरेको हो । रोनाल्डोले दोस्रो सिजनमा याे अवार्ड प्राप्त गर्न सकेनन् । पहिलो सिजनमा उनले याे अवार्ड प्राप्त गरेका थिए ।

इटालियन फुटबलको सर्वोच्च संस्थाले अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडीलाई मूल्यवान खेलाडीको रुपमा अवार्ड प्रदान गरेको हो ।

ड्याबालाले यस सिजन ३३ खेलमा ११ गोल गरेका थिए । उनले ११ गोलको अवसर समेत सिर्जना गरेका थिए ।

रोनाल्डो युभेन्ट्समा आएपछि ड्याबाला नयाँ भूमिकामा आफूलाई स्थापित गर्न प्रयासरत छन् । मौरिसियो सर्री युभेन्ट्स आएपछि ड्याबालालाई नयाँ जिम्मेवारी दिएका छन् ।

प्लेमेकरको जिम्मेवारी पाएका ड्याबालाले लगातार नवौं पटक युभेन्ट्सलार्ई लिग जिताउन महत्वपूर्ण जिम्मेवारी निर्वाह गरे ।

रोनाल्डोले यस सिजन सिरी एमा ३१ गोल गरेका थिए । उनी लाजियोका इम्मोबिलसंग सर्वाधिक गोलकर्ताको दौडमा ५ गोलले पछि परे ।