देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश र जिल्लाको रकम निकासा

देशान्तर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जिल्ला र प्रदेशलाई क्रिकेट गतिविधि सञ्चालन गर्न बजेट निकासा गरेको छ ।

आइतबार क्यानले २९ जिल्ला र ६ प्रदेशलाई ग्रासरुट क्रिकेट विकासको लागि बजेट पठाएको हो । क्यानले जिल्लालाई ५० हजार र प्रदेशलाई एक लाखका दरले पैसा निकासा गरेको क्यानका कोषाध्यक्ष रोसन सिंहले जानकारी दिए ।

क्यानले बाँकी १० जिल्लाको बैंक खाता नआएका कारण पैसा निकासा गर्न नसकिएको जनाएको छ ।

बैंक खाता प्राप्त हुने बित्तिकै बाँकी जिल्लालाई समेत बजेट निकासा गरिने कोषाध्यक्ष सिंहले बताए । हाल क्यानमा ३९ जिल्ला आबद्द रहेका छन् ।