देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले उभिएर बोल्न सकेनन्, रोष्टममै बसेर सम्बोधन

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएको छ । सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए ।

साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरे । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे।

तर प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना गरे । त्यसपछि उनलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।