देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभाका सांसद डा . सूर्यनारायण यादवद्धारा राजीनामा

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभाका सांसद डा सूर्यनारायण यादवले राजीनामा दिएका छन् । उनले आफ्नो स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएको बताइएको छ । अहिलेसम्म राजीनामा स्वीकृत भने भएको छैन ।

तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट सप्तरी १ मा विजय हासिल गरेका यादवले  सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन् ।

‘मेरो स्वास्थ्यका कारणले म जनप्रतिनिधिको भूमिका निर्वाह गर्न असमर्थ भएको हुँदा राजीनामा दिएको छु’, यादवले सभामुखलाई बुझाएको राजीनामापत्रमा उल्लेख छ । यादवले राजीनामा दिने सम्बन्धमा पार्टीमा भने कुनै छलफल नभएको बताइएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको छ ।
यादवको राजीनामा स्वीकृत भए रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । सरकारले मंसिर १४ गते उपनिर्वाचनका लागि मिति तोकिसकेको छ ।