देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गर्मीले तराई र काठमाडौँ उपत्यकाको जनजिवन प्रभावित

देशान्तर

काठमाडौँ । सधै चिसो र राम्रो हावापानी मानिएको काठमाडौँ उपत्यकामा केहिबर्षदेखि अध्यक्षधिक गर्मी बढ्न थालेको छ । अहिले तराउइमा उच्च तामक्रम भएपनि त्यहाँ पसिना आउने र पटक पटक नुहाउन पाउने भएकाले मानव शरिरलाई त्यति हानी नगरेपनि काठमाडौँ उपत्यको गर्मी भने फरक खालको छ ।

अहिले उपत्यकाको गर्मी तामक्रममा आएको परिवर्तनले भन्दा पनि कंक्रिटले असरपुर्ण देखिएको छ । हावा कम चल्ने र चलेको हावामा पनि ढुंगाका कणदेखि फलामका कणहरु समेत आउने गरेको बाताबरणविद्हरुले बताएका छन । यो स्वस्थ्यका अधिक हानिकारक मानिन्छ । धुलो धुँवाको शरका रुपमा विकसित भइरहेको काठमाडौँ उपत्यमा सडक धुलेले बाहिर निस्कन समेत समस्या छ ।

सरकारले भने यस्तो बस्ने नसिकिने गरी बढेको गर्मी र धुँवा धुलोको बारेमा उल्टो अभिब्यक्ति दिदै आएका छ । संसदमै प्रधानमन्त्री ओलीले अहिले कसैले पनि सडकमा मास्क लगाएर हिड्नु नपर्ने बताइरहेका छन । तर, जनजिवन भने तहस नहस भएको छ ।

गर्मी बढेसँगै उपत्यकावासीलाई दिउँसो काम गर्न समेत गाह्रो हुन थालेको छ । घामको रापले बाटो तातेर एकछिन बाहिर हिंड्न समेत समस्या भएको हो । गर्मीले बालबालिका, वृद्ध, वयस्कलाई समेत बाहिर निस्कन मुस्किल छ ।

बढ्दै गएको गर्मीले आम मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको रश्मि पोलिक्लिनिक थापाथलीका डा. रामहरि श्रेष्ठले बताए । ‘गर्मीको समयमा शरीर आलस्य हुने, टाउको दुख्नेजस्ता समस्या देखा पर्न थालेको छ,’ उनले भने ।

‘यस्ता समस्याबाट छुटकारा पाउन प्रशस्त मात्रामा पानी र झोल पदार्थ पिउने र बाहिर निस्कँदा छाता ओढेर हिंड्ने गर्नुपर्छ ।’ गर्मीमा रक्तचापमा परिवर्तन देखा पर्ने भएकाले खानामा कार्बोहाइड्रेटयुक्त खानेकुरा खानुपर्ने उनको सुझाव छ ।
केही दिनयता मध्य तराई लगायत देशभर गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । रौतहट, बारा, नवलपुर, मोरङलगायका जिल्लामा तापक्रम ४० डिग्री नाघेपछि सर्वसाधारणहरुलाई घर बाहिर निस्कन मुस्किल परिरहेको छ । गर्मीबाट कतै पानीको हाहाकार मच्चिएको छ कतिपय जिल्लाका विद्यालयहरु समेत बन्द गरिएको छ ।

गर्मीले जिल्लाको जनजीवन प्रभावित बनेको छ । केही दिनयता हृवात्तै बढेको गर्मीले मानिसलाई समस्या परेको हो । सडकमा मानिसको चहलपहल पातलिएको छ । तातो हावा चल्न थालेपछि झनै समस्या भएको हो ।

एक सातायता लगातार बढ्दो तापक्रमले तराईरमधेसको जनजीवन कष्टकर बनेको छ । सातादेखि दैनिक रुपमा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम बढिरहेको जल तथा मौसम पुर्वानुमान शाखा सिमराले जनाएको छ ।