देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खानेपानीका स्रोतलाई संकलन गर्न आवश्यक एकीकृत प्रणाली बनाऔं : पौडेल

देशान्तर


नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले मेलम्ची खानेपानी आयजनाको दिगो वयवस्थापनका लागि मन्त्रालयले आज सम्म गरेको सम्पूर्ण कामको समीक्षा गर्नु पर्ने अनि मात्र थप लगानी बढाउनु पर्ने बताएका छन् । खानेपानी मन्त्रालयले आयोजना गरेको मेलम्ची खानेपानी आयोजनाको दिगो वयवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा सांसद पौडेलले फेरि पनि लगानी खेर जाने स्थिति आउन नदिन थप अध्ययन गरेर मात्र हेड वर्क निर्माण गर्नु पर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा एडीबी को अध्ययन र पुल्चोक इन्जिनियरिङ कलेज ले रिभ्यु गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । जसमा सरकथलीमा नयाँ संरचना निर्माण गर्न सकिने प्रस्ताव रहेको थियो । उनले उपत्यकामा हुने खानेपानी अभाव न्यूनीकरण गर्न तथा प्राकृतिक प्रकोप वा अन्य सम्भावित जोखिमका कारण निम्तिन सक्ने खानेपानी सङ्कटलाई समाधान खोज्न बर्खाको पानी संकलन गर्ने तथा पानी रिचार्जका लागि आवश्यक पूर्वाधार एवं वैकल्पिक स्रोतको दीर्घकालीन व्यवस्थापन खोज्न आग्रह गरे ।
पौडलले शिवपुरी जलाधार क्षेत्र भित्र रहेका खानेपानीको स्रोत; चण्डेश्वरी, विष्णुपादुका, मुहान पोखरी लगायतका स्रोतलाई व्यवस्थित तथा स्तरोन्नति गर्दै पानीको चुहावट रोक्ने तथा छरिएर रहेका अन्य खानेपानीका विभिन्न स्रोतलाई समेत एकीकृत संकलन गरी बुनपा, टोखा र महानगरमा वितरण गर्न सकिने सुझाव सहितको प्रस्ताव राखेका थिए ।

त्यस्तै उनले उपत्यका भित्र छरिएर रहेका सम्भावित पानीका स्रोतलाई एकीकृत गरी संकलन गर्न सर्भे गर्न पनि आग्रह गरेका छन् ।