देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाबुरामको गृह पालिकामा जसपाको सुरुवाती अग्रता

देशान्तर

गोरखाकाे बाबुराम भट्टराइको गृह पालिका पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी(जसपा)का प्रेम गुरुङले अग्रता लिएका छन् ।

 

नम्वर १ को आठ सय दुई मत गणना हुँदा जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले दुई सय ९१ मत ल्याएका छन् । कांग्रेस मेयर उमेदवार दिपकबाबु कँडेलले दुई सय १२ ल्याएका छन् ।

माओवादी मेयरका उम्मेदवार विवश चिन्तनले १ सय ७९ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेस उपमेयर उमेदवार चेतकुमारी श्रेष्ठले दुई सय ७ मत ल्याएकी छिन् । माओवादी उपमेयर उमेदवार वन्दना पाण्डेले १८४ र एमाले उपमेयर उमेदवार पार्वती पाठकले ६० मत ल्याएकी छन् ।