देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाह्रबिसे–१ मा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी

देशान्तर

सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका वडा नम्बर १ घोर्थलीको अध्यक्ष पदमा कांग्रेसका आङदोर्जे शेर्पाले ४ सय १५ मत ल्याएर निर्वाचित भएका छन् । उनी वडामा प्यानलसहित विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमकुमार मगरले २ सय २७ मत ल्याएर पराजित भएका छन् । एउटै व्यक्तिले दुई पटक मतदान गरेपछि एमाले–कांग्रेसको झडपले लामो समय रोकिएको यहाँको मतदान सर्वदलीय सहमतिपछि शुक्रबार पुनः गरिएको थियो । उक्त वडामा ९ सय २७ मतदाता रहेका थिए ।

शेर्पाको विजयसहित बाह्रबिसे नगरमा कांग्रेसका मेयर, उपमेयरसहित वडासदस्यसहितको पदको मतमा अग्रता ल्याएको छ । बाह्रबिसे नगर १ र २ को मत गणना गर्दा कांग्रेसका मेयरका उम्मेद्वार बालकृष्ण बस्नेत ३ सय ९५ र उपमेयर मञ्जु तामाङ ४ सय २ ल्याएर अघि छन् ।

एमालेका मेयरका उम्मेदवार निमफुञ्जो शेर्पाले २२७ र उपमेयर सुशिला पाख्रिनले भने २ सय २० मत ल्याएकी छिन् ।

त्यस्तै हेलम्बु गाउँपालिकामा कांग्रेसकाबाट अध्यक्ष उम्मेदवार निमाग्याल्जेन शेर्पा ४ सय १० र उपाध्यक्ष अप्सरा लामिछाने ४ सय ३ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वीभन्दा अघि देखिएका छन् । हेलम्बुमा एमालेतर्फका अध्यक्ष उम्मेदवार दावा लामा ह्योल्मोले ३ सय २० र उपाध्यक्ष गंगा अर्यालले ३ सय २१ मत ल्याएका छन् ।

अन्य स्थानीय तहभरी केहीमा सर्वदलीय बैठक चल्दैछ । अधिकाशंमा बल्ल मत गणना थालिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकास रिजालले बताए ।

‘सबैतिर शान्तिपूर्वक मतगणना भइरहेको छ, हिजो झडपले गर्दा ढिलो गरी मतदान भएका स्थानमा आज ढिलैगरी मतगणना हुने तरखरमा छ,’उनले भने । शुक्रबार जिल्लाको दुई बाह्रबिसे नगरको १ र ३ , मेलम्ची नगरको सिन्धुकोट र ज्यामिरे, पाँचपोखरी थाङपाल गाउँपालिका २ यांग्री, त्रिपुरासुन्दरी गापामा विभिन्न विवादले झडप निम्तिएको थियो । बाह्रबिसे नगर ३ मा प्रहरीद्वारा चार राउण्ड हवाई फायर भएको थियो । यहाँ झडप हुँदा पाँच जना घाइते भएका थिए । मेलम्ची नगर सिन्धुकोटमा पनि विवाद हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।