देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरतपुरको मेयरमा अरुलाई स्वीकार गर्दैनौं : चितवन कांग्रेस

देशान्तर

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने नेपाली कांग्रेस चितवनले बताएको छ ।

आज बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको पार्टी सभापति राजेश्वर खनालले जानकारी दिएका छन् ।

हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाल मेयर छिन् । आगामी स्थानीय तह निर्वाचनमा पनि भरतपुरको मेयरमा माओवादी केन्द्रले नै दावी गर्दै आएको छ ।

सत्तारुढ दलहरुले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने सहमति गरेका छन् ।

तर कांग्रेसको चितवन जिल्ला समितिले तालमेल भएको अवस्थामा पनि अरु दललाई मेयर पद दिन नसकिने निर्णय गरेको सभापति खनालले बताए ।