देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती प्रदेशमा जम्मकट्टेल र लामा मन्त्री बने

देशान्तर

काठमाडौं–बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्य मन्त्री पाण्डेले नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका निमा लामालाई स्वास्थ्य मन्त्री बनाएका हुन् ।

नव नवनियुक्त दुबै मन्त्रीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका हुन् ।

नेकपा माओवादी स्रोतका अनुसार प्रदेश सरकारले पूरक बजेट ल्याउने तयारी गरेकोले आर्थिक मामिला मन्त्रालय जम्मकट्टेलले लिएका हुन् । लामा पहिलो पटक मन्त्री बनेका हुन् ।

यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई
भौतिक पूर्वाधार, नेकपा माओवादी केन्द्रका संसदीय दलकी उपनेता कुमारी मोक्तानलाई सामाजिक विकास र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाइ सकेका छन् ।

गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । पाण्डे मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि २ मन्त्रिपरिषद्मा २ मन्त्री थप गरिएको हो । नेकपा एकीकृत समाजवादीका एक सांसदका अनुसार १३ मन्त्री र ३ राज्यमन्त्रीसहित मन्त्रिपरिषद् १५ सदस्यीय बनाउने तयारी छ ।