धरान । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा सोमबार साँझ गोली आतंक मच्चाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट तस्करी गरी ल्याएको सामान बिक्री गरेको हिसाब मिलाउने विषयमा विवाद हुँदा ६ जनाको तस्करहरूको समूहबीच दोहोरो झडप भएको थियो । उनीहरूले एक–अर्काविरुद्ध पेस्तोलबाट गोली हानाहान गर्न थालेपछि तीनजना घाइते भएका थिए ।
प्रहरीले गोली हान्ने कार्यमा सम्लग्न देवानगन्ज गाउपालिका–१ का २१ वर्षीय पिन्टु यादव र २७ वर्षीय रबिनकुमार यादवलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनले पक्राउ परेका दुवैजना गोली काण्डमा परी सामान्य घाइते छन् ।
गोली प्रहारबाट देवानगञ्ज गाउँपालिका वडा नं–१ का शिवुकुमार मेहता गम्भीर घाइते भएका छन । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको एसपी तिम्सिनाले बताए ।
गोली काण्डमा रहेका अन्य तीनजनाको समेत पहिचान भइसकेकाले उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए ।
प्रतिक्रिया