देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

देशान्तर

काठमाडौं । २०७२ वैशाख १२ गते बिहान ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पको शुक्रबार १० वर्ष पूरा भएकै दिन आज बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ११ः५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, यो गोरखा भूकम्पको चार म्याग्निच्युडमाथिको ६०३औँ पराकम्प हो ।