देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वप्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको निधन

देशान्तर

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ ।

मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ।

थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो ।

प्रहरी महानिरिक्षक दीपक थापाले उनको निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।