काठमाडौं । नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिले नया वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गुल्मीबाट काठमाडौ आई विभिन्न पेसा व्यवसायमा सम्बद्ध प्रजातन्त्रवादीहरूको साझा संस्थाकाा रूपमा क्रियाशील उक्त सम्पर्क समितिले विभिन्न अबस रमा कार्यक्रमहरू गर्दै आएको छ ।
सोहस् सिलसिलामा वैशाख ६ गते नेवि संघ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंको वाल्मीकि विद्यापीठमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । उक्त अवसरमा दर्जनौँले रक्तदान गरेको नेपाली कांग्रेस गुल्मीका नेता शमशेरबहादुर कार्कीले जानकारी दिए ।
सम्पर्क समितिका सभापति एवं नेपाल तरुण दलका केन्द्रीय सदस्य कृष्णप्रसाद खरेलले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त रक्तदान एवं शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, सोही प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, सम्पर्क समितिका पूर्वसभापतिहरु ज्ञानबहादुर कार्की, नरहरि घिमिरे, प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य विष्णुप्रसाद पन्थी, समाजवादी चिन्तक कृष्णबहादुर कुँवर, वरिष्ठ अधिवक्ताहरू प्रा.डा. ताराप्रसाद सापकोटा , केशरमणि अर्याललगायत थुप्रै गुल्मेलीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नेवि संघ, तरुण दल तथा महिला संघका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमले एकआपसमा हार्दिकता वृद्धि गर्ने र रक्तदानजस्तो महान् कार्यबाट मानिसमा त्यागको भावनामा वृद्धि हुनेप्रति आयोजकले जोड दिएका थिए ।







प्रतिक्रिया