दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले बताए ।
उनका अनुसार चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको छ । मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।
प्रतिक्रिया