देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनराजको माग- रवि लामिछानेलाई अवहेलना मुद्धामा कारवाही होस्

देशान्तर

काठमाडौं । कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारवाहीको माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

गुरुङले सोमबार सभामुख देवराज घिमिरेलाई निवेदन लेख्दै लामिछानेमाथि संसद्को अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका हुन् ।

अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी भ्रम श्रृजना गर्न खोजेको भन्दै आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । 

उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसँगै पठाएका छन् ।