देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थतन्त्र संकटमा नरहे पनि शिथिल अवस्थामा : पुन

देशान्तर

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहे पनि शिथिल अवस्थामा रहेको बताएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष (आव) को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र अन्तरमन्त्रालय समन्वयमा हुने काम अघि बढिसकेको बताए । राजस्व संकलन र पूँजीगत खर्च बढाएर अर्थतन्त्रका समस्या समाधान गर्ने गरी काम गर्न उनले मन्त्रालयका दुवै सचिव, सहसचिव र विभागीय प्रमुखलाई निर्देशन दिए ।
अर्थ मन्त्रालयले अन्य मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो, उति नै छिटो नतिजा आउने पुनले बताए ।


उनले विगतमा खर्च गर्न कडाइ गरिएका कारण बजार चलायमान हुन नसकेको भन्दै सरकारले सकेसम्म खर्च बढाउनुपर्नेमा जोड दिए । पुनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको बताए । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैँ अघि बढिसकेको उल्लेख गरे । राजस्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्न उनले मन्त्रालयकासचिव, सह–सचिव र विभागीय प्रमुखलाई निर्देशन दिए ।