देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित

देशान्तर

काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित भएको छ । अर्को बैठक चैत १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको छ ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकले अनुमगन तथा मुुल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको छ । आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

यस्तै राष्ट्रिय सभाले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जना सांसदको नाम मनोनयन गरेको छ । मनोनयन हुने सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् ।