देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफ्नो सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने विशेष अदालतको तयारी

देशान्तर

काठमाडौँ । विशेष अदालतले आफ्नो सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ ।
सुनुवाइको प्रत्यक्ष प्रसारणको लागि सर्वोच्च अदालतबाट अनुमति पाइसकेको र केही दिनमै प्रत्यक्ष प्रसारणको सुरुवात गर्ने तयारी भइरहेको छ ।

विशेष अदालतले सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने मात्रै नभई अदालतलाई स्मार्ट कोर्ट बनाउने, भर्चुअल हियरिङ अर्थात् अन्यत्रबाटै पनि अनलाइनमार्फत बहस गर्न पाउने, अनलाइनबाटै बकपत्र गर्ने र तारेख लिने लगायतका काम गर्न लागिएको बिशेष अदालतले जनाएको छ ।