देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपा उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने

देशान्तर

काठमाडौँ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् ।
सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ ।

वन मन्त्रीमा अन्य आकांक्षी देखिएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको छ । प्रदीप यादव र नवलकिशोर यादव मध्य एकजनालाई पठाउन सक्ने जसपाले जनाएको छ । राज्यमन्त्रीमा सुशीला श्रेष्ठलाई पठाउनेबारे छलफल चलिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन ।