देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा एसको सचिवालय बैठक सुरू, सरकारमा जाने नजाने निर्णय हुने

देशान्तर

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।


तर, आज बिहान भएको भेटघाट पछि भने वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबिच भेटबार्ता भए पछि कांग्रेसले सो दावी गरेको हो ।

सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन ।‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाइ निरन्तरता दिने गरी आजको कुराकानी भएको छ’ उनले भनेका छन् । 

हिजो नेकपा एसका अध्यक्ष नेपाललाइ भेटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू कोटेश्वर पुगेका थिए । एमाले र माओवादी तथा कांग्रेसको पनि प्रस्ताव पछि आवाश्यक निर्णय लिन नेकपा एसको सचिवालय बैठक सुरू भएको हो ।