देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अनुमति

देशान्तर

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । विशेष अदालतले पौडेलद्वयलाई थप १० दिन हिरासतमा राख्न बुधवार अनुमति दिएको हो ।

यसअघि ३ पटक ७ दिनका दरले २१ दिन हिरासतमा राख्न अनुमति दिइएकामा बुधवार थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको हो । विदेशको बैंकमा रकम राखेको प्रमाण भेटिएपछि पौडेलद्वयलाई गत माघ १० गते अख्तियारको टोलीले पक्राउ गरी हिरासतमा राखेको थियो । सेक्युरिटी प्रिन्टिङ घोटाला प्रकरणमा मुछिएपछि उनीहरु निलम्बनमा परेका थिए ।

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भइसकेपछि पनि स्रोत साधन दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको र विदेशमा सम्पत्ति लुकाएको तथ्य फेला परेको भन्दै उनीहरुविरुद्ध पक्राउ पुर्जी लिई अनुसन्धान सुरु भएको हो ।