देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अरुण चौधरीसहित तीनजना नै थुनामुक्त

देशान्तर

काठमाडौं । व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन् । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका हुन् । 


यही १८ माघमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर पक्राउ परेका थिए । 
अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरुलाई सीआईबीले छाडेको हो ।