देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्चितबाबु मर्सिफुलको ‘मेघमानव’

देशान्तर


काठमाडौं । बाह्र वर्षकै उमेरमा ‘पञ्चमणि’ नामक उपन्यास लेखेका बाल उपन्यासकार अर्चितबाबु मर्सिफुलले पाँच वर्षपछि ‘मेघमानव’ उपन्यास सार्वजनिक गरेका छन् । नेपाली लेखक संघको आयोजनामा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठको सभापतित्व तथा वरिष्ठ आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा.गौतमले उपन्यासमा नभई नहुने तत्व कल्पनाशीलता भएको र जुन तत्व मेघमानवमा प्रचुर रूपमा रहेको बताए ।


कवि तीर्थ श्रेष्ठले संसारमा सानै उमेरमा धेरै प्रतिभाहरू उदाएका बताउँदै प्रस्तुत उपन्यासमा नयाँ दृष्टिकोण तथा नयाँ ढंगले सामाजिक एवम् राजनीतिक विषयवस्तुलाई उठाएको बताएका थिए । डा. शैलुन्दुप्रकाश नेपालले अर्चितबाबुले सानै उमेरमा देशको राजनीतिक, सामाजिक एवम् ऐतिहासिक कुराहरूलाई सरल भाषामा उपन्यासमार्फत प्रस्तुत गरेर एउटा अभिलेख खडा गरेको समालोचना गरे । त्यसैगरी, अर्का समालोचक डा. अनुपमा रेग्मीले लेखकले सरल भाषा तथा मीठो शब्दको चयन गरी उपन्यासद्वारा साहित्य र राज्यलाई शक्तिशाली बनाउने प्रयास गरेको बताइन् ।