देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चौथो खेलमा नेपाल २८ रनले पराजित

देशान्तर

काठमाडौं । टी–२० चौथो खेलमा शृंखलाको वेस्ट इन्डिज एले नेपाललाई बिहीबार २८ रनले हराएको छ । यो जित संगै
पहिलो खेल हारेको वेस्ट इन्डिज एले त्यसपछि लगातार तीन खेल जितेर अन्तिम खेल बाँकी रहँदै शृंखला जित्ने पक्का गरेको हो । वेस्ट इन्डिज एले चौथो खेलमा २१० रनको लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८१ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन जोडे । दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए ।आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए ।

शृंखलाअन्तर्गत अन्तिम खेल शनिबार हुने छ ।