देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रीतिको ‘चुटुक्क’ लोकार्पण

देशान्तर


काठमाडौं । साहित्यकार प्रीति आत्रेय ज्ञवालीको मुक्तक संग्रह ‘चुटुक्क ’ लोकार्पण गरिएको छ । शनिवार राजधानीको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त मुक्तक संग्रहको लोकार्पण गरिएको हो । अघिल्लो वर्ष उनले अनुभूतिको इन्द्रेणी नामक कविता संग्रह सार्वजनिक गरेकी थिइन् । कम्बोडियालाई कर्मभूमि बनाएकी आत्रेयले लेखेको ‘तिमी मेरो पूजा’ बोलको प्रेम प्रणय सम्बन्धी गीत र तीज गीत ‘आफ्नो त मन छ माइती घरतिरै’ केहीअघि सार्वजनिक भैसकेका छन् । मौलिक भएको उक्त गीत सदाबहार गुञ्जिइरहन्छ । भिडियोको निर्देशन प्रसिद्ध गीतकारसमेत रहेका सञ्चारकर्मी लोकराज अधिकारीले गरेका हुन् ।


आत्रेय प्रवासमा रहेर साहित्यसँगै ज्योतिष फलादेशको माध्यमबाट पनि समाजसेवा क्रियाशील छिन् । उनी नेपालकै पहिलो नारी राशिफल लेखिका पनि हुन् । उनले बुबा साहित्यकार स्व.प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथीको प्रेरणाले साहित्य लेखनमा कलम चलाउन थालेकी हुन् । उनले नेपाली भाषाका अतिरिक्त संस्कृत, हिन्दी तथा अंग्रेजी भाषा तथा साहित्यमा समेत राम्रो दक्खल राख्ने गर्छिन् । हामी र हाम्रो कृति समूहकी आजीवन सदस्य रहेकी उनको पछिल्लो कृति ‘चुटुक्क’ पनि समूहको नवांै कृतिका रूपमा सार्वजनिक भएको हो ।