देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तपसिल


नदीले बाटो छोड्दा खाएको फाँटहरू
त्यो बालुवाको ढिस्को, त्यो बगर देखाएर आएका
सपनाका भुलभुलैयाका उपज
बाध्यता र रहरबीचको फरक
नबुझ्नेले हाँकेको मुलुक
छैटौं पटकको पालो पर्खेका भन्छन् – रहर पुगेपछि फर्केर आइहाल्छन् नि !
हाँकिरहेका भन्छन्– अवसर नभएर बिदेसिएका होइनन्
देश प्रेमको कमी भएर हो
देश प्रेमले ओतप्रोत भएका देखाउने
यी पाखण्डीहरूको सानो हराभरा फाँट
त्यहाँ के छैन ?
विश्वको अपार ऐश्वर्य छ
जनवादी विवाह देख्दा
फोर्व लिस्टका माथिल्लाहरूले
जिल्ल परेर ¥याल काटेका छन्
बाँकी मुलुक मरूभूमीकरण हुँदै गएको
त्यो ऐश्वर्य भूमिको कोलोनी सरह बनाएर
देश प्रेमको कमीको लाञ्छना नलगाऊ
ऐ पाखण्डीहरू !
भीर पाखामा मृत्युसँग संघर्ष गरेर
आफ्नो माटोमा बाँचेका हुन् ती
त्यसरी बचाएका हुन् यो मुलुकलाई
पहाडमा कुदिएका ती गराहरू हेर
प्रत्येक गराले त्यो इतिहास बोकेको छ
विवश भएर मुलुक छोडेका
पचासौं लाख तिनका सन्तानहरूले
रिन काटेका छन्
कतिले खतरनाक एमेजोनको जंगल काट्दै छन्
तिनको कफन ल्याएर
हराभरा ऐश्वर्य भूमिमा बस्ने
बादशाह बनेका ऐ पाखण्डीहरू !
देश प्रेमको कमी
ती विवश परिएकाहरूलाई नलगाऊ
तिनीहरूको होइन
विदेशी मालिकको अगाडि टाउको टेकाउने तिमीहरूको हो, केवल तिमीहरूको
ए ! दुर्दान्त पाखण्डीहरू
चनाखा आँखाहरू नोट र सत्तामा
मालिक रिझाउने चट्टाबट्टामा
प्रत्येक चाल त्यसको सेरोफेरोको
जनता दाउरासरह तिमीहरूले आगो ताप्ने
मुलुक तपसिल बनेको ।