देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घद्वारा   पहिचानवादीको रिहाइको माग

देशान्तर

विजय राई

धनकुटा । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ धनकुटाको आज सम्पन्न बैठकले धनकुटामा केही दिन अघि पक्राउ परेका १९ जना पहिचानवादी नेताहरूलाई तत्काल बिना सर्त रिहाइको  माग गरेको छ । 

साथै उक्त बैठकले धनकुटा जिल्लाको जिल्ला अधिवेशन फाल्गुन १९ गते गर्ने त्यसका लागी जिम्मेवारी समेत प्रदान गर्ने निर्णय समेत गरेको छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ धनकुटाका अध्यक्ष नरेन्द्र राई कस्चितको अध्यक्षतामा भएको बैठकलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य तथा धनकुटाका केन्द्रीय प्रतिनिधि रमेश ईवाहाङ्ग,नेपाल तरुण दलका केन्द्रीय सदस्य तिलक महत,नेपाली कांग्रेस सागुरीगढी वडा नं. ६ का सभापति तथा युवा नेता सन्तोष राई एलाहाङ्ग लगायतका नेताहरूले आदिवासी जनजातिहरूको सहभागिता बिना मुलुकको समग्र विकास र शान्ति हुन नसक्ने बताए ।

पहिचानवादी आन्दोलनरत पक्ष र सरोकारवालाहरूबिच  तत्काल वार्ता गरी समस्याको समाधान गर्न समेत उनीहरूले जोड दिए  ।

  उनीहरूले केही दिन अघि धनकुटामा पक्राउ परेका पहिचानवादी नेताहरूलाई बिना सर्त तत्काल रिहाइ गर्न समेत माग गरे ।

सो अवसरमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ धनकुटाका उपाध्यक्ष केदार श्रेष्ठ,सचिव गजम सिंह घिसिङ,कोषाध्यक्ष हिरा राई,जिल्ल सदस्य प्रतिमा राई,सागुरीगढी गाउँपालिकाका संयोजक रिवाज राई,चौबिसे गाउँपालिकाका संयोजक कुमार लिङथेप लगायतले आदिवासी जनजातिहरूलाई राज्यको हरेका तह र निकायमा अर्थपूर्ण सहभागिता गराउनु पर्ने बत्ताउँदै पक्राउ परेका पहिचानवादीहरूलाई रिहाइ गर्न माग गरे ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ धनकुटाको आजको बैठकले धनकुटामा पक्राउ परेका पहिचानवादीहरूलाई तत्काल बिना सर्त रिहाइको माग गर्नुका साथै धनकुटा जिल्लाको ६० वटै वडाहरूमा  पुस २१ गते वडा अधिवेशन,माघ ६ गते पालिका अधिवेशन र जिल्ला अधिवेशन फाल्गुण १९ गते गर्ने निर्णय गरेको र अधिवेशनको तयारीका लागी जिम्मेवारीहरू समेत प्रदान गरिएको अध्यक्ष नरेन्द्र राई कस्चितले बताए ।