देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहिवार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध

देशान्तर

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि बिहिवार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भोलि ७ गते विभिन्न समूहले रÞ्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भएकाले उपत्यका भरि सवारी आवगमनमा असहजता हुन सक्ने जनाएको छ ।

आन्दोलनका कारण सडकमा असहज हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन र सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ।एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।