देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिकटकमाथि प्रतिवन्ध विषयमा कारण देखाउ आदेश

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा  दर्जन बढी रिट परेकाे थियाे । सबै रिट खारेज गर्दै  अदालतले कारण देखाउ आदेश जारी  गरेकाे हाे ।

न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । यो मुद्दालाई मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।