देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीत -चारै दिशा


चारै दिशा मेरो बाटो किन छेकिस् दैव
जुनीभरि हार्ने कर्म किन लेखिस् दैव
अघि, पछि , दायाँ , बायाँ सबैतिर फन्दा
गरिखान दे न मलाई गरिखान्छु भन्दा

अलिकति जमिन त दे पाइला सार्न पर्‍यो
अलिकति आकाश त दे शिर उठाउन पर्‍यो
जिन्दगीको जेलमा कति थुन्छस् कैदी जस्तो
को माथि के कसुर गरेँ र सजाय यस्तो ?

अलिकति हावा पाए श्वास फेर्ने थिएँ
पाए थोरै उज्यालो म आँखा हेर्ने थिएँ
अस्ताउन मात्रै आउँछ घाम पनि म निर
किन कहिल्यै हुन्नस् दैव मेरो दाहिने तिर ?